२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डुबेर २ बालिकाको मृत्यु

शिव पुरी

रौतहट — जिल्लाको देवाही गोनाही नगरपालिकास्थित लालबकैया नदीको बाँध नजिकको खाडलमा डुबेर शनिबार २ बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार स्थानीय रामनरेश साहको ९ वर्षीया छोरी पिन्कीकुमारी साह र रामानन्द साहकी ८ वर्षीया छोरी निरुता कुमारीको मृत्यु भएको हो ।

डुबेर २ बालिकाको मृत्यु

बाख्रा चराउन गएका दुबै बालिका नुहाउने क्रममा डुबेको जिल्ला प्रहरीका डिएसपी नवीन कार्कीले बताए ।


जिल्लामा अहिलेसम्म डुबेर मृत्यु हुने बालबालिको संख्या ६ पुगेको छ ।

यस्तै दुर्गा भगवती ५ बडहर्बास्थित वाग्मती नदीमा डुबेर १ बालक बेपता भएका छन् । सर्लाहीको बलरा नगरपालिका ११ बस्ने पुनिता देवीको ४ वर्षको छोरा अंकुश पटेल बेपत्ता भएका हुन् । वाग्मतीमा खसेर बालक बेपता भएको र उनको खोजी भइरहेको डिएसपी कार्कीले जनाए ।

प्रकाशित : श्रावण ४, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?