कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँसको झ्याङमा मदिरा भट्टी

महोत्तरी — घरेलु मदिराविरुद्ध प्रहरीले अभियान तिव्र पारेपछि व्यवसायीले गाउँबाहिरका झाडी र झयाङमा भट्टी सञ्चालन गर्न थालेका छन् । त्यहाँ पनि प्रहरीको नजर पर्न थालेपछि पानी भर्ने जर्किन, गाग्रो र डोल–बासल्टनमा मदिरा ओसारपसार र संकलन गरिएको खुलेको छ । 

बाँसको झ्याङमा मदिरा भट्टी

घरेलु मदिराका कारण समाजमा झैझगडालगायतका अनेक समस्या हुनेगरेको गुनासोपछि घरेलु मदिरा उत्पादन, सेवन, सञ्चय र किनबेचमा कडाई गरेको इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जनाए । प्रहरीको कडाइपछि गाउँघरमा मदिरा उत्पादन हुन छाडेको थियो । नियन्त्रण अभियानपछि बस्तीमा उत्पादन रोक्न बाध्य उनीहरूले सुरक्षित स्थान खोजे । औरही नगरपालिकाको बजारदेखि पश्चिम बाँसको झयाङमुनि मदिरा भट्टी सञ्चालन भएको देखेपछि प्रहरीलाई नै चकित बनायो ।


‘झयाङभित्र पस्दा पो मदिरा भट्टी अनि ३९ थान ड्राम र साढे ६ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थलगायतका सामान भेटिएपछि हामी नै चकित बन्यौं’ आचार्यले भने । उनकाअनुसार औरही क्षेत्रमा बस्ती बाहिर मदिरा भट्टी सञ्चालन गरेको योसमेत तेस्रो घटना हो ।


केही समयअघि बर्दिवास प्रहरीले गाग्रो, बाल्टिन र पानी राख्ने जर्किनमा भरेर मदिरा तस्करी गरेको फेला पारेको थियो । प्रहरीले गौशाला नगरपालिका क्षेत्रबाट बरामद भएका १ सय ८० लिटर तयारी मदिरा र साढे ६ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ । नष्ट गरेका यी मदिरा र कच्चा पदार्थ असार अन्तिम सातायता विभिन्न मितिमा बरामद गरेको हो ।


यी मदिरा नवराजपुर, रजखोर र निगौलक्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ । ‘घरेलु मदिरा सेवनका कारण झैझग्डादेखि घरेलु हिंसा लगायतका विकृति बढन थाले,’ प्रनि आचार्यले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्दा यस्ता विकृतिमा कमी आउँछ ।’


गौशाला इलाका प्रहरीले आइतबार पनि ८० लिटर तयारी मदिरा नष्ट गरेको छ । यी मदिरा २/३ जना अपरिचित व्यक्तिले प्लाष्टिकको सेतो बोरामा पोको पारि टाउकोमा बोकेर गौशाला नपा ४ रजखोरको भित्रि बाटो हुँदै सीमावर्ति समसी बजारतर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?