२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भारतीय गाडीमा गाँजा तस्करी, ४ जना पक्राउ

भूषण यादव

(वीरगन्ज) — पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । मंगलबार बिहान वीरगन्ज महानगरपालिका २५ ड्राइपोर्ट बहुअरी सडक खण्डमा भारतीय नम्बर प्लेटको गाडीबाट प्रहरीले ८९ किलो गाजा बरामद गरेको हो ।

भारतीय गाडीमा गाँजा तस्करी, ४ जना पक्राउ

विशेष सूचनाको आधारमा प्रहरीले बीआर२८जी२७७० नम्बरको बोलेरो गाडी जाँच गर्दा गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए । कारोबारीले गाडीमा ‘फल्स बटम’ बनाई गाँजा सीमावर्ती भारतीय बजारतर्फ लगिरहेका थिए ।


गाँजा कारोबार संलग्न ४ जना भारतीयलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला बिशुनपुर ३ का नुर महम्मद हुसेन, मोतिहारी फुलवरिया ११ बस्ने असलम आलम साइन, इर्साद साइन र मोतिहारी सितलपटी निवासी सुनिल साह छन् ।

प्रकाशित : श्रावण १४, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?