कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

श्रीमती हत्या आरोपमा पक्राउ

रासस

राैतहट — श्रीमतीको हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले श्रीमान्‌लाई पक्राउ गरेको छ । राजपुर नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष साह सोनारले श्रीमती लालमुनी देवीको हत्या गरेको माइती पक्षको भनाइ छ । 

दाइजो रकम कम ल्याएको भन्दै श्रीमान् सन्तोष, ससुरा राजेन्द्र साह सोनार र सासू प्रमिला देवीले घाँटी थिची हत्या गरेको माइती पक्षको आरोप छ । २०७३ पुस १३ गते बेलुका श्रीमान्, ससुरा र सासू मिलेर घाँटी थिची हत्या गरेको तर उनीहरुले घटनालाई आत्महत्या बनाउन बुहारी लालमुनी सुत्ने कोठाको पङ्खामा साडीको पासो लगाई नाटक गरेको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएको थियो ।


आत्महत्या गरी लालमुनी गम्भीर घाइते भएको भन्दै गाउँलेलाई नै खबर नगरी उपचारका लागी वीरगञ्जतर्फ लैजानुले घटना रहस्यमय रहेको भन्दै भारत विहार जटौलिया–१२ बस्ने ५० वर्षीया किशोरी साहले प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा ससुरा राजेन्द्र पक्राउ परे पनि अन्य दुई जना फरार रहेकामा सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ ।


मोरङको बेलबारीमा लुकेर बसेको अवस्थामा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सन्तोषलाई आवश्यक अनुसन्धानपश्चात् जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?