१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

तीर्थयात्रीको जिपबाट पटाका बरामद

रवीन्द्र उप्रेती

महोत्तरी — सशस्त्र प्रहरीले तीर्थस्थल गरेर फर्किएको जिपबाट ठूलो परिमाणको पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीको भन्सार तथा राजस्व गुल्मले मंगलबार जलेश्वर भन्सार क्षेत्रबाट भारतको बाबाधामबाट फर्किएको बोलबम जिपबाट पटाका बरामद गरेको हो । 

तीर्थयात्रीको जिपबाट पटाका बरामद

सशस्त्रले १ सय ८४ प्याकेट नागिन पटाका, १२ प्याकेट रकेट पटाका, बुलेट पटाका १५ प्याकेट, फलावर ३५ प्याकेट, ग्राउन्ड चक्कर २५ प्याकेट, झिरझिरे १ सय ५० प्याकेट र छुरछुरी १ सय ४० थान रहेका छन् । स्थानीय व्यापारीका अनुसार बरामद पटाकाको मूल्य ५० हजार बराबरको छ ।


गुल्मका डीएसपी विष्णु धितालका अनुसार भारत झारखण्डको बाबाधाम पुगेर फर्किएको भाडाको जीपलाई भन्सार क्षेत्र नजिक आकस्मिक चेक प्वाईन्ट खडा गरी खोजतलास गर्दा उक्त परिमाणको पटाका फेला पारिएको हो । तीर्थयात्राबाट फर्केका सवारीको चेकजाँच नहुने ठानेर तस्करले समय र साधनको दुरुपयोग गरेको सशस्त्रको अनुमान छ ।


बरामद पटाका तिहार र छठलाई लक्षित गरी अहिले नै ल्याउन लागेको बुझिएको छ । जिपमा सवार बोलबम तीर्थयात्रीले पटाकाबारे अनभिज्ञता प्रकट गरेकाले सशस्त्रले कसैलाई पक्राउ नगरेको जनाएको छ ।

प्रकाशित : श्रावण २१, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?