२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘आफन्तलाई सरकारी योजना र अनुदान’

कान्तिपुर संवाददाता

धनुषा — प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेका प्रतिपक्षका सांसदहरूले बताएका छन् । प्रदेशका मन्त्रीहरू आफन्त र परिवारलाई योजना वितरण, उपभोक्ताबाट कमिसन र भ्रष्टाचारमा लिप्त भएको उनीहरूको आरोप छ । 

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकार बेलगाम भएको टिप्पणी गरे । ‘मन्त्रीहरू होटलमै कार्यालय सञ्चालन गरेर कमिसन लिने गरेका छन्,’ उनले भने, ‘ सरकारले सहिद परिवारको अनुदानमा समेत अनियमितता गरेको छ ।’


नेपाली कांग्रेसका सांसद उपेन्द्र कुशवाहाले प्रदेशका मन्त्री कमिसन लिन होटलबाटै मन्त्रालय चलाएकोमा आक्रोश पोखे । ‘भ्रष्टाचारमा लिप्त मन्त्रीहरूको परिवार मोहले कांग्रेसको धैर्य टुटेको छ’ सांसद कुशवाहाले भने, ‘सरकारले प्रतिपक्षको रचनात्मक सहयोगलाई नजरअन्दाज गर्‍यो । सरकारले घर, दकमल, ट्याक्टर, भैंसी र राहत वितरणमा अनियमितता गरेको छ ।’ सरकार नसच्चिए सदन अवरुद्ध गर्ने उनले बताए ।


नेकपाका सांसद दिलीप साहले प्रदेश सरकारका मन्त्रीहरूले खर्चेको बजेटको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए । ‘मन्त्रीहरू नै कमिसनमा डुबेपछि प्रदेशको विकास कसरी हुन्छ ?’ उनले भने, ‘प्रदेशका मन्त्रीले श्रीमतीलाई ट्याक्टर र भाइको नाम तोकेर योजना पठाएका छन । ट्याक्टर, दमकल वितरण र मन्त्रीको याजनामा ब्रह्मलुट भएको छ । मन्त्रीले गरेको अनियमितताको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ ।’ सरकारले जनता आवासमा कार्यक्रममा प्रतिपक्षसँग गरेको सम्झौताविपरीत गरेको भन्दै सरकारको आलोचना गरे ।


नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सोमबार प्रदेशसभा बैठकमा सहिद परिवारका लागि खरिद भएको भैसी पूर्वमन्त्री र मन्त्रीका आफन्तले पाएको भन्दै सरकारका मन्त्रीहरूमाथि व्यंग्य गरे । प्रदेशको भैंसी काण्ड लगायत अन्य निर्माण काममा भएको अनियमितताको छानबिन गर्न उनले माग गरे । चौधरीले भने, ‘सरकारले वितरण गरेको भैंसी, ट्याक्टर, दमकलबारे छानबिन हुनुपर्छ । ’

प्रकाशित : श्रावण २२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?