‘संघीय सरकारले बखेडा गर्दैछन्’

कान्तिपुर संवाददाता

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा औद्योगिक वातावरण निर्माणका लागि संघीय सरकारले अप्ठ्यारा परिस्थिति सिर्जना गरेको आरोप लगाएका छन् । 

‘संघीय सरकारले बखेडा गर्दैछन्’

आइएलओले बुधबार जनकपुरमा गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार औद्योगिक विकासका लागि पहल सुरु गरे पनि संघीय सरकारले समयमा आवश्यक ऐन–कानुन निर्माण नगरिदिँदा समस्या भएको बताए । प्रदेश सरकारले प्रदेशमा लगानी गर्ने उद्योगलाई २० वर्षसम्म कर छुट, जग्गाको व्यवस्थापन गर्ने नीति अघि सारे पनि संघीय सरकारका मन्त्रीहरूले विभिन्न बखेडा झिकेर प्रदेशको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्न खोजेको उनले गुनासो गरे ।

मुख्यमन्त्री राउतले प्रदेश २ का युवाहरू रोजगार नपाएर खाडी मुलुकमा जान बाध्य भएकाले उनीहरूलाई रोजगारमूलक तालिम दिएर साना व्यवसाय सञ्चालनमा सक्षम बनाउन प्रदेश सरकारले ठोस योजनाका साथ अघि बढेको र त्यसको परिणाम केही दिनभित्रै देखिने दाबीसमेत गरे ।

प्रकाशित : श्रावण २२, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?