कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बोलबमको गाडीमा पटाका

कान्तिपुर संवाददाता

महोत्तरी — तिहार–छठ पर्वअघि नै महोत्तरीको सीमा क्षेत्रबाट पटाकाको ओसारपसार सुरु भएको छ । भारतको बाबाधाम पुगेर फर्किने बोलवमले गाडीबाट पटाका ओर्सान थालेको खुलेको छ ।

बोलबमको गाडीमा पटाका

सशस्त्र प्रहरीको भन्सार तथा राजस्व गुल्मले जलेश्वर भन्सार क्षेत्रबाट ठूलो परिमाणको पटाका बरामद गरेको छ । साउन महिनामै पटाका बरामद हुन थालेको घटनापछि सुरक्षाकर्मीले सीमा क्षेत्रमा निगरानी बढाएका छन् । स्थानीय व्यापारीका अनुसार बरामद पटाका ५० हजार मूल्य बराबरको छ ।


सशस्त्र प्रहरी गुल्माका डिएसपी विष्णु धितालले भारत झारखण्डको बाबाधाम पुगेर फर्किएको भाडाको जिपलाई भन्सार क्षेत्रनजिक आकस्मिक चेक गर्दा पटाका फेला परेको बताए । सबै पटाका ठूलो कार्टुनमा लुकाइएको थियो । तीर्थयात्राबाट फर्केका सवारीको जाँच नहुने ठानेर पटाका तस्करले समय र साधनको दुरुपयोग गरेको सशस्त्र प्रहरीको अनुमान छ । बरामद पटाका तिहार र छठलाई लक्षित गरी अहिले नै ल्याएको प्रहरीले जनाएको छ ।


जिपमा सवार बोलवम तीर्थयात्रीले पटाकाबारे अनभिज्ञता प्रकट गरेकाले सशस्त्र प्रहरीले कसैलाई पक्राउ नगरेको जनाएको छ । बरामद पटाका जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?