१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बैंक लुट्न खोज्ने किशोर पक्राउ 

कान्तिपुर संवाददाता

बारा — जिल्लाको सदरमुकाम कलैयामा रहेको एनसीसी बैंक लुट्न खोज्ने एक किशोर बिहीबार राति पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–१६ का १७ वर्षीय रोशन कुसवाहा पक्राउ परेका हुन् ।

भारतको चण्डीगढमा इन्जिनियरिङ पढ्दै गर्दा मोडलिङ गर्न नाम निस्केकोमा त्यसका लागि चाहिने खर्चको लागि बैंकमा पैसा निकाल्न गएको प्रहरीलाई उनले बयान दिएका छन् । सोही बैंकमा उनको खाता छ ।


मूल ढोकाको ताल्चा फोडेर बैंक प्रवेश गरेर विद्युत् र सीसी क्यामराको लाइन काटेर लुट्न खोज्दा बैंकका सुरक्षा गार्डले उनलाई पक्राउ गरेका थिए । सुरक्षा गार्ड साहेबप्रसाद यादवले रोशनलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।


अभियुक्त रोशनलाई चोरी उद्योग मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले बताए ।






प्रकाशित : श्रावण २४, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?