दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु
सप्तरी — सप्तरीमा शनिबार बिहान एक बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोतमा नगरपालिकाबाट लगानी सम्मेलनमा सहभागी लिएर विराटनगर जाँदै गरेको बा १६ प २२३५ नम्बरको बोलेरो अनियन्त्रित्र भइ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका-११मा दुर्घटना हुँदा रुपन्देहीका पत्रकार डालयस अधिकारीको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी मनोज यादवले जानकारी दिए ।
पत्रकार अधिकारी रेडियो नेपालमा कार्यरत थिए ।
दुर्घटनामा परी रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाध्यक्षाहरु सोहल चौधरी र तारानाथ पाण्डे र चालक अशोक भण्डारी घाइते भएका छन् ।
चालक भण्डारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रकाशित : श्रावण ३२, २०७६ ११:४३प्रतिक्रिया