कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ३ को तयारी पुरा 

प्रशान्त माली

ललितपुर — बुधबार हुने राष्ट्रियसभाको निर्वाचनकालागि प्रदेश ३ मा सम्पूर्ण तयारी पुरा भएको यहाँका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिएका छन् ।

प्रदेश ३ बाट राष्ट्रियसभामा स्थानीय निकायबाट २३८ जना र प्रदेश सांसद ११० गरी कुल ३४८ जना मतदाता रहेका छन् । उनीहरुले राष्ट्रियसभाका लागि उम्मेदवारी दिएका १४ जनालाई मत हाल्नुपर्ने छ । मतदाताले ‘क’ र ‘ख’ गरी दुईवटा बुथमा मतदान गर्ने प्रवन्ध मिलाइएको जानकारी प्रमुख निर्वाचन अधिकृत दवाडीले बताए ।

मतदान ललितपुरको जाउलाखेलस्थित खेल मैदानमा हुने छ भने मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा निर्वाचन सकिए लगत्तै हुने जानकारी पनि उनले दिए । उनको अनुसार बुथको सुरक्षाका लागि नेपाल प्रहरीका १५–१५ जना खटिने छन् भने बाहिरी घेराको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको हुने छ ।


प्रकाशित : माघ २३, २०७४ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?