कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिचानको आधारमा प्रदेशहरुको नामकरण : नेता तामाङ

कृष्ण थापा

नुवाकोट — माओवादी केन्द्रका नेता एवं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले पहिचानको आधारमा प्रदेशहरुको नामकरण हुनुपर्ने बताएका छन् ।

पहिचानको आधारमा प्रदेशहरुको नामकरण : नेता तामाङ

सोनाम ल्हासोरको अवसरमा नेपाल तामाङ घेदुङले कोलनीमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङले पहिचानको आधारमा प्रदेशको नामकरण गर्न वाम गठबन्धनबाट निर्वाचित प्रदेश सदस्यहरुलाई आग्रह गरे । ‘विद्रोह नआउने गरी प्रदेशको नामकरण होस्’उनले भने, ‘प्रदेश नम्बर ३ तामाङ, नेवार र गैरतामाङको साझा प्रदेश हो ।’ नामकरण गर्ने जिम्मा संविधानले सम्बन्धित प्रदेशलाई नै दिएको उनले बताए ।

उनले देश अझै बहुभाषी मुलुक हुन नसकेको उल्लेख गर्दै प्रदेश नम्बर ३ मा कामकाजी भाषाको रुपमा तामाङ भाषा प्रयोगमा ल्याउनु पर्ने बताए । ‘भाषाबिना हामीले पहिचान खोज्यौं भने टाउकोबिनाको मान्छेजस्तो हुन्छ’, पूर्वमन्त्रीसमेत रहेका नेता तामाङले भने,‘नेपाली भाषाझैं कामकाजी भाषाको रुपमा पनि तामाङ भाषा ल्याउनु पर्छ ।’


त्यसैगरी कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले प्रदेश ३ को राजधानी नुवाकोटलाई बनाउनु पर्ने भन्दै दबाब दिन सबैलाई आग्रह गरे । ‘सबैको सहमति भए नुवाकोटलाई राजधानी बनाउन सकिन्छ’उनले भने ।

प्रकाशित : माघ २८, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?