कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उपसभामुखमा राधिका निर्विरोध 

हेटौंडा — प्रदेश ३ को उपसभामुखमा नुवाकोट क्षेत्र नं १ (क) की सांसद् राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसलगायत अन्य दलको उम्मेदवारी नपरेपछि एमालेको समर्थनमा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी माओवादी केन्द्रकी सांसद हुन् ।

उपसभामुखमा राधिका निर्विरोध 

तामाङको एमाले संसदीय दलका नेता डोरमणि पौडेल प्रस्तावक र माओवादी केन्द्र संसदीय दलका उपनेता कुमारी मोक्तान समर्थक थिइन् ।


उपसभामुख निर्वाचित भएपछि तामाङले फरक खालको जिम्मेवारी भएकाले क्षमताले भ्याएसम्म कार्य गर्ने बताइन् । ‘मेरो लागि नितान्त फरक जिम्मेवारी हो,’ उनले कान्तिपुरसँग भनिन्, ‘मेरो आवश्यकता पर्दा उचित जिम्मेवारी निभाउँछु ।’

२०४० सालमा जन्मिएकी तामाङ २०५४ सालदेखि माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा आवद्ध भएकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी जिल्ला सचिवालय सदस्य, सहसचिव हुँदै हाल केन्द्रीय सदस्य छन् । दोस्रो संविधानसभामा समानुपातिक तर्फकी सांसद तामाङ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री समेत भएकी थिइन् ।


सभामुख र उपसभामुख दुवै जनजाति

प्रदेशसभा नं ३ को सभामुख र उपसभामुख दुवै पदमा जनजाति निर्वाचित भएका छन् । सभामुखमा काठमाडौं क्षेत्र नं २ को १ बाट निर्वाचित एमाले सांसद सानुकुमार श्रेष्ठ र उपसभामुखमा निर्वाचित तामाङ दुवै जनजाति हुन् ।


निर्वाचनमा गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले प्रदेश सभामुख र उपसभामुख पदमा भागबण्डा गरेअनुसार एक अर्कालाई समर्थन गरेका हुन् । प्रदेश ३ मा १ सय १० सांसदमध्ये ५३ आदिवासी जनजाति छन् भने ३७ महिला छन् ।


प्रकाशित : माघ २८, २०७४ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?