२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

फरार अभियुक्त पक्राउ

हेटौंडा — जिल्ला अदालत परिसरबाट एक साताअघि फरार लागूऔषध कारोबारीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । 

म्याद थप्न लैजाँदा फरार भएका सर्लाही हरिपुर्वा नगरपालिका–३ का १७ वर्षीय दीपेन्द्र साहलाई प्रहरीले मलंगवा नगरपालिका ३ बाट पक्राउ गरेको हो । उनलाई पसलमा सामान किनिरहेका बेला पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीले साहलाई सर्लाही प्रहरीको समन्वयमा पक्राउ गर्न सफल भएको हो । साहलाई आइतबार हेटौंडा ल्याई कारबाहीका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । गाँजासहित पक्राउ परेका साहलाई माघ २२ गते जिल्ला अदालतमा म्याद थप गरेर प्रहरीको गाडी राख्ने क्रममा उनी भागेका थिए । साह र सर्लाहीकै औरही गाउँपालिका ८ का १६ वर्षीय धर्मेन्द्र पासवान १५ केजी ४ सय ग्राम गाँजासहित माघ २१ गते हेटौंडाको रातोमाटेबाट पक्राउ परेका थिए ।

उनीहरू दुवैलाई हत्कडी लगाएर म्याद थप गर्न अदालतमा लगिएको थियो । म्याद थप गरेर गाडी राख्न लाग्दा हत्कडी फुत्काएर भागेका थिए । उनीहरूलाई म्याद थप गर्न लगेका ३ प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय हेटौंडाले निलम्बनपछि हिरासतमा राखेको छ । फरार अभियुक्त पक्राउ परेसँगै उनीहरूको निलम्बन फुकुवा हुनसक्ने एक प्रहरी अधिकृतले बताए ।

प्रकाशित : माघ २९, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?