२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नुवाकोटमा भेट्टिएको प्रेसरकुकर बम सेनाद्वारा निष्क्रिय

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिका २ मा मंगलबार बिहान भेट्टिएको प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ । 

गंगटे–ढिकुरे–माछापोखरी खण्डको माथिल्लो शेराको बीच सडकमा बम फेला परेको हो । देवीघाटबाट गएको श्रीनाथ गणको डिस्पोजल टोलीले बम निष्क्रिय बनाएको हो ।


सदरमुकाम विदुरबाट बम राखिएको स्थान १० किलोमिटर पूर्व पर्छ । पौने १० बजे सेनाले उक्त प्रेसर कुकर बम विष्फोट गराएपछि यातायात सुचारु भएको छ । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी आव्हान गरेको बन्दलाई लक्षित गरेर बम राखिएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवर बताए । बम राखिएको स्थानमा राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रिय समितिको आइतबार विराटनगरमा गरिएको कार्यक्रमको पर्चा भेट्टिएको थियो ।


प्रकाशित : फाल्गुन ८, २०७४ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?