कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विदेश लैजाने प्रलोभनमा अपहरण

कान्तिपुर संवाददाता

काठमाडौँ — विदेश पठाइदिन्छु भनी ठगी गर्ने र अपहरण गर्ने सप्तरीका ओमप्रकाश कुमार पञ्जियार पक्राउ परेका छन् । उनले मकाउ लैजाने भनी टीकाराम विश्वकर्मा र किरण मगरलाई दिल्ली पुर्‍याएर तीन महिना राखेका थिए । 

त्यस क्रममा प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएको तर अन्त्यमा टर्कीमा राम्रो कमाइ हुने भनी पठाएको पीडितले प्रहरीसमक्ष बयान दिएका छन् ।


त्यहाँ उनीहरू अपहरणमा परेको र फिरौतीस्वरूप १३ सय डलर बुझाएर नेपाल फर्केका हुन् । उनीहरूको जाहेरीपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार काठमाडौंबाट २८ वर्षीय पञ्जियारलाई पक्राउ गरेको हो । उनीमाथि मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?