२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘कार्यप्रगति ३ महिनामै’

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले २/३ महिनामा अनुभूत हुने गरी प्रदेश सरकारले काम गर्ने दाबी गरेका छन् । हेटौंडाबाट सञ्चालित तु. खबर अनलाइनको प्रथम वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सुरुका २/३ महिना प्रदेशका लागि आवश्यक ऐन, कानुन निर्माणमा केन्द्रित हुने बताए ।

‘कार्यप्रगति ३ महिनामै’

‘प्रदेश सरकार कसरी मुभ हुने भन्ने नै छैन, फास्ट ट्रयाकबाट गर्दा पनि अबको २/३ महिना कानुन निर्माणमा गर्नै लाग्छ,’ उनले भने, ‘अबको ३ महिनामा जनताले अनुभूत गर्ने गरी काम गर्छौँ ।’ प्रदेशमा उपलब्ध स्रोतसाधनको उचित प्रयोग गरे मात्रै पनि समृद्धि सुरु हुने भन्दै पौडेलले औद्योगिकीकरण आवश्यक भएको धारणा राखे । मुख्यमन्त्री पौडेलले व्यक्ति र पार्टीसँग पूर्वाग्राही भएर नराखी पत्रकारिता गर्न पनि आग्रह गरे ।


आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संघीय व्यवस्थाविरुद्ध पनि एक खालको जनमत बनिरहेको तर्क गर्दै त्यसको कुनै अर्थ नभएको दाबी गरे । ‘आर्थिक हिसाबले संघीयता टिक्दैन भनेर टिप्पणी गर्न थालिएको छ, त्यसको कुनै अर्थ छ,’ उनले भने, ‘हामीले उपलब्ध स्रोत र साधन प्रयोग नै गरेका छैनौँ, संघीयता टिक्छ र टिकाउनुपर्छ ।’ उनले राष्ट्रियता, विकास र समृद्धिको पक्षमा सकारात्मक सन्देश जाने गरी समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुरोधसमेत गरे । प्रदेश राजधानीको बारेमा धेरै विवाद गर्नुको अर्थ नभएको भन्दै स्थायित्व र नामकरणका लागि सांसदलाई मतअधिकार दिनुपर्ने धारणा राखे । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ‘संघीयताको व्यवस्थापन’ ठूलो चुनौती भएको तर्क गर्दै विकास र समृद्धिका लागि मुख्यमन्त्रीलाई सघाउन आफू तयार भएको बताए ।


उनले मुख्यमन्त्री डोरमणि पौडेलले ‘राजधानी र पद साटेको’ आफूलाई विश्वास नभएको भन्दै मनगढन्ते कुरा सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई अनुरोध गरे । कार्यक्रममा ‘जागरण तु खबर पत्रकारिता पुरस्कार’ बाट पत्रकार स्वागत नेपाल र शिव चौलागाईँलाई सम्मान गरिएको थियो । संस्थालाई सहयोग गर्ने पत्रकार होम कार्की, खेम बोलखे र सञ्जय शाहलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?