ट्रक दुर्घटनामा एकको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — मुग्लिन–नारायणगढ खण्ड अन्तरगत भरतपुर महानरगपालिका–२९ घुमाउनेमा बिहीबार बिहान भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । 

सुनौलीबाट काठमाडौं तर्फ आउदै गरेको बिआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक बिहीबार बिहान ४ बजेतिर अनियन्त्रित भई खस्दा रुपन्देहीको बेलहिया नगरपालिकाका ५० वर्षीय बिक्रम चन्दनको मृत्यु भएको हो ।

ओभरटेक गर्न खोज्दा ट्रक अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको मुग्लिन प्रहरीले जनाएको छ । घाइतेहरुको नाम खुलेको छैन । उनीहरुलाई उपचारकालागि भरपुर लगिएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?