कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कर्मचारीद्वारा आन्दोलनको चेतावनी

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगर क्षेत्रमा खानेपानी वितरण गर्दै आएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीले तलब तथा सेवा सुविधा वृद्धि नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कर्मचारीद्वारा आन्दोलनको चेतावनी

बोर्डको स्वतन्त्र कर्मचारी युनियनले एक साताभित्र माग पूरा गर्न कार्यकारी निर्देशक समक्ष ज्ञापनपत्र बुझाएको छ ।


‘नेपालमा भरतपुर खानेपानी बोर्डजस्ता समान प्रकृतिका अन्य दुइटा बोर्ड छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड र हेटौंडा खानेपानी बोर्ड हाम्रो जस्तै निकाय हुन् । त्यहाँका कर्मचारीले पाउने सेवा सुविधा हामीले पाउँ भनेको हो । तर सुनुवाइ भएको छैन,’ स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष महेश कोइरालाले भने । भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा ६० कर्मचारी छन् ।


भएका कर्मचारीमध्ये ५ जना मात्रै स्थायी छन् । ‘हामीले करारमा रहेका सबै कर्मचारीलाई न्यूनतम प्रक्रिया पुर्‍याएर स्थायी गर्न भनेका छौं । उमेर हदका कारण स्थायी हुन नसक्नेलाई अवकाश कोष बनाएर सुविधासहित बिदाइ गर्न भनेका छौंं,’ युनियनका सचिव उदयराज ढकालले भने । यसका साथै अन्य सुविधाहरू पनि थप्न युनियनले माग गरेको छ ।


काठमाडौं र हेटौंडाका कर्मचारीले पाए सरह कर्मचारी भत्ता र बिमाको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । ‘हामी तलबका भरमा मात्रै काम गरेका छौं । अन्यत्र तलबको १६ प्रतिशत थप भत्ता दिने गरिँदो रहेछ । महँगी भत्ता एक हजार दिइन्छ । पानी भत्ता तथा बिमाको समेत व्यवस्था छ । हामीले पनि यही मागेका हौं,’ अध्यक्ष महेश कोइरलाले भने ।


दैनिक १ करोड ८७ लाख लिटर पानी आपूर्ति हुने कार्यालयले जनाएको छ । ग्राहकहरू २३ हजार ४ सय घरधुरी छन् । बोर्डले महसुलबापत् वर्षमा ८ करोड रुपैयाँको हाराहारीमा संकलन गर्ने कार्यकारी निर्देशक दाहालले बताए । यही महसुलबाट तलब र आयोजनाको मर्मत र विस्तारका काम पनि हुने गरेका कारण बजेटले थेगेसम्म सुविधा थप्ने विषयमा कार्यालयबाट पहल हुने दाहालले बताए ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?