कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेशसभा बैठक बस्दै, प्रदेशसभा नियमावली पेस हुने

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश ३ को बैठक आइतबार अपरान्ह ४ बजे बस्दैछ । बैठकमा सभामुखले प्रदेशको मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएको व्यहोराको प्रदेश प्रमुखको कार्यलयबाट प्राप्त पत्र पढेर सनाउने कार्यसूची छ ।

प्रदेशसभा बैठक बस्दै, प्रदेशसभा नियमावली पेस हुने

सभामुखले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनसम्बन्धी पत्र पनि पढेर सुनाउनेछन् ।


बैठकमा प्रदेशसभा नियमावली मस्यौदा समितिका सभापति राजेन्द्र पाण्डेले मस्यौदा प्रतिवेदन पेस गर्नेछन् । मस्यौदामाथि संशोधनको समय दिएर पारित गरिने सचिवालयका उपसचिव अधिराज राईले जानकारी दिए ।


प्रकाशित : फाल्गुन १३, २०७४ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?