गौरीगाई मारेकाे अाराेपमा चार जना पक्राउ

प्रताप विष्ट

हेटौडा — संरक्षित वन्यजन्तु सूचीमा रहेको गौरीगाई मारेको आरोपमा पर्सा राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मनहरीले ४ जनालाई पक्राउ गरेको छ । 

गौरीगाई मारेर जंगलमा मासु भाग लगाइरहेको अवस्थामा ४ जना शिकारीलाई शुक्रबार पक्राउ गरेको हो । मध्यवर्ती क्षेत्रस्थित मनहरी गाउँपालिका–४ मुलखोलाबाट ३५ वर्षीय लालबहादुर थिङ, ३४ वर्षीय सूर्यबहादुर गोले ५९ वर्षीय मानबहादुर मुक्तान र ५४ वर्षीय सिंगराम स्याङ्तानलाई पक्राउ गरेको हो ।


उनीहरुको साथबाट ३ क्विन्टल मासुसहित काट्न प्रयोग भएका हतियारहरु बरामद गरिएको पर्सा राष्ट्रिय निकुन्जका वार्डेन हरिभद्र आचार्यले बताए । पक्राउ परेकालाई थप अनुसन्धान निकुन्जको कार्यालय आधाभारमा राखिएको छ ।


मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर तितुङका अनुसार गाउँका करिब १ सय जना भेला भएर मासु काटिरहेका थिए । सुरक्षाकर्मीसहितको टोली पुग्नासाथ गाउँलेहरु भागेका थिए ।


हुलमा हिड्ने गौरीगाईलाई जंगलमा लखेटेर गोली प्रहार गरेको हुनसक्ने अनुमान निकुन्जका सुरक्षाकर्मीको छ ।

प्रकाशित : फाल्गुन २६, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?