१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मन्थली नगरपालिका खुला दिसामुक्त

कान्तिपुर संवाददाता

रामेछाप — रामेछापको मन्थली नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । मन्थली नगरपालिकाद्वारा बुधबार मन्थलीमा आयोजित कार्यक्रममा प्रदेश सांसद शान्तिप्रसाद पौडेलले नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गरेका हुन् ।

मन्थली नगरपालिका खुला दिसामुक्त

नगरका ९ हजार ४ सय ४३ घरपरिवारमा शौचालय बनाइएको छ ।


नगरवासीहरु सार्वजनिक स्थानमा दिसापिसाब गर्नुपर्ने अवस्थाबाट सधैंका लागि मुक्त भएकोमा सांसद पौडेलले बधाइ समेत दिए । उनले शौचालय निर्माण मात्र हैन, प्रयोग गर्नुपर्नेमा जोड दिए ।


मन्थली नगरपालिका मेयर रमेश बस्नेतले सुन्दर नगर बनाउन नगरपालिकासहित सरोकारवाला निकाय र नगरवासीको हालेमालो चाहिने बताए । नगरका विकासका कार्य गर्दा आलोचना र अपमानभन्दा पनि सहकार्य र समन्वय आवश्यक रहेको बस्नेतको भनाइ थियो ।


कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी दिलीपकुमार लामिछानेलगायतले खुला दिसामुक्त घोषणाले मन्थली नगरका बासिन्दाको स्वास्थ्यमा सुधार आउने आशा व्यक्त गरे ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?