१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नुवाकोटबाट सिलवाल पक्राउ

कृष्ण थापा

नुवाकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला 'जनसरकार प्रमुख' बुधबार पक्राउ परेका छन् ।प्राकृतिक स्रोत, साधनमाथिको दोहन रोक्न भन्दै पत्रकार सम्मेलन गर्ने क्रममा जिल्ला जनपरिषद् नुवाकोटका प्रमुख अशोक सिलवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नुवाकोटबाट सिलवाल पक्राउ

उनलाई बिना बर्दीका प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय विदुरमा पुर्‍याएको छ ।


जिल्लाका नदीनाला, सार्वजनिक जग्गामा बालुवा, ढुंगा, गिटी उत्खनन् तथा दोहनको विरोधमा आफूहरुले थालेको अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनस्थलबाट उनी पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्ने क्रममा पश्चिम ताम्सालिङ स्वायत्त प्रदेश प्रमुख मणिक लामा बोल्दै थिए ।


ताम्सालिङ स्वायत्त प्रदेशअन्तर्गतका १० जिल्लाभित्र सार्वजनिक जग्गा जोगाउ अभियान थालेको नेकपाले जनाएको छ । विप्लव समूहले भुमाफिया, गुण्डागर्दी, सरोकारवाला निकायको मिलेमतोमा अवैध तरिकाले ढुंगा, गिटी, बालुवा उत्खनन् गरी दोहन गरेको र वास्तविक भूकम्पपीडितले निजी आवास निर्माणमा ती वस्तुहरु नपाएको भन्दै विरोध जनाउँदै आएका थिए ।

यसअघि नेकपाले स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन पत्र समेत बुझाएको थियो ।


नेकपाले तुरुन्त भूकम्पपीडितलाई ५ लाख रुपैयाँ दिनुपर्ने माग समेत राखेको छ ।

प्रकाशित : चैत्र १४, २०७४ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?