कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सवारी दुर्घटनामा तीनको मृत्यु 

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको छुट्टाछुट्टै तीन स्थानमा आइतबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मकवानपुरको पूर्वी क्षेत्र बकैयाँ गाउँपालिका-७ भिरकोटमा ना ६ त ६२६२ नम्बरको ट्याक्टर पल्टँदा एक जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा तीनको मृत्यु 

खोलाबाट बालुवा लोड गरेर उकालो लाग्दा पल्टिएर उक्त गाउँपालिका- ३ का २० वर्षीय सूर्यबहादुर बलको मृत्यु भएको हो । यसैगरी हेटौंडा-११ सरस्वती चोकमा ना.३ ख १८९ नम्बरको ट्रकले ना. ४५ प ७६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–१ चौकी टोल बस्ने २२ वर्षीया राजेश सिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताए ।

उनको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । यसैगरी मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरमा खोलाको बगरमा ना.३ त ४०५० नम्बरको ट्रयाक्टरको ठक्करबाट मनहरी-३ का किस्मत थिङको मृत्यु भएको हो । ट्रयाक्टर ब्याक गर्ने क्रममा पछाडिको चक्काको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १८, २०७४ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?