कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खाजा र यातायात खर्च माग्दै वडा सदस्य

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिकाका वडा सदस्यहरुले खाजा र यातायात खर्च माग गरेका छन् ।

खाजा र यातायात खर्च माग्दै वडा सदस्य

बुधबार विदुर नगरपालिका वडा नम्बर ४का वडा सदस्य वसन्त रिजाल नेतृत्वको टोलीले नगरपालिका मेयर सन्जु पण्डितलाई कार्यकक्षमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।


प्रदेश नम्बर ३ ले वडा सदस्यको सेवा सुविधाको बारेमा ठोस निर्णय गरोस् भनेर मुख्य मन्त्रीलाई नै सम्बोधन गरेर मेयर पण्डितलाई ज्ञापनत्र बुझाएको उनीहरुले बताए ।


नगरवासीको हकहितका कार्य गर्ने वडा सदस्यहरुको उचित कदर नभएको उनीहरुको गुनासो छ ।

ज्ञापनपत्रमा भनिएको छ,‘वडा सदस्यहरुलाई सम्बोधन गरी उचित खाजा खर्च, यातायात खचउ उपलब्ध गराईयोस् ।’ विदुर नगरपालिकाका १३ वटा वडाहरुमा ५२ जना वडा सदस्य छन् ।

प्रकाशित : चैत्र २१, २०७४ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?