कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक सुधार पछि पुनर्निर्माण तीव्र

राजेन्द्र मानन्धर

दोलखा — निर्माण सामाग्री ढुवानीका लागि सडक सुधार भएपछि दोलखाका दक्षिणी गाउँमा निजी आवास पुनर्निर्माण तीव्र भएकाे छ ।

सडक सुधार पछि पुनर्निर्माण तीव्र

भूकम्पले थलिएका बस्तीमा सरकारी अनुदान लिए पनि निजी आवास निर्माण कछुवा गतिमा थियो । निर्माण सामग्री ढुवानी हुन नसक्दा अनुदान पाए पनि अधिकांश भूकम्प पीडितले घर बनाउन सकेका थिएनन् । ढिलासुस्तीमा सडक मुख्य कारण देखिएपछि मर्मतसुधार अभियान थालिएको हो ।


सडकमा सुधार हुने वित्तिकै बालुवा, गिट्टी, सिमेन्ट र डण्डी गाडीमा ढुवानी गरेर घडेरी छेउमै पुर्‍याउन थालेकाले निजी आवास निर्माण तीव्र भएको शैलुङ गाउँपालिका—५ काटाकुटीका वडाअध्यक्ष किरण बस्नेतले बताए । बस्नेतका अनुसार सडक बर्षात्मा हिलाम्मे हुन्थ्यो । साघुरो, मोड नपुग्ने, ग्रेड नमिलेको तथा खाल्डाखुल्डीले उक्त सडकममा मालवाहक गाडी चल्न सकेका थिएनन् । ‘सडकमा ढुङ्गा विछ्याउने र मोड सुधारेर सहजै गाडी चल्ने बनाए पछि घर निर्माणले तीव्रता पाएको हो,’ वडाअध्यक्ष बस्नेतले भने ।

दोलखाबाट राजधानीसँग जोडिएको लामोसाँघु–जिरी सडकबाहेक त्यससँग जोडिएका ग्रामीण सडकको अवस्था नाजुक छ। जिल्लाका दक्षिणी गाउँमा विस्तार गरिएका सडकहरु भूकम्पपछि उपभोक्ता समितिको २० प्रतिशत श्रमदानले सुधार हुन थालेका हुन ।


स्थानीयको माग अनुसार नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले सडक सुधार गर्न नौ उपभोक्ता समितिलाई एक करोड १५ लाख दिने सम्झौता गरेको छ । दुधपोखरीमा १३, लाकुरीडाँडामा ११, मागापौवामा ७, बोचमा ६, काटाकुटीमा ७ र भुसाफेदामा ७ किलोमिटर सडक सुधारको काम भएको छ ।

उक्त बस्तीहरुमा अहिले ९५ प्रतिशत निजी आवास निर्माण सकिने क्रममा छ । जम्बसिंह–दुधपोखरी ग्रामीण सडक उपभोक्ता समिति अध्यक्ष थीरबहादुर मोक्तानले निर्माण सामाग्री ढुवानी सहजताका लागि बाटो बनाउन गाउँलेहरु उत्साहपूर्वक श्रमदान गर्न तयार भैरहेको बताए ।

प्रकाशित : वैशाख ३, २०७५ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?