कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वन कार्यालयद्वारा गाँउपालिकालाई क्षेत्राधिकार मिचेको आरोप 

धादिङ — जिल्ला वन कार्यालयले तस्करबाट बरामद काठ गाउँपालिकाले लुकाएको आरोप लगाएको छ । 

वन कार्यालयद्वारा गाँउपालिकालाई क्षेत्राधिकार मिचेको आरोप 

आफ्नो क्षेत्राधिकार मिचेर सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवालले अवैध काठ आफैले राखेको जिल्ला वन कार्यालयको आरोप छ ।

गत चैत्र १६ गते सिद्धलेख–३ का वडाअध्यक्ष देवबहादुर मगरले मध्यरातमा तस्करी हुँदै गरेको दारकाठ र ढुवानीमा प्रयोग गरिएको सवारी साधन बरामद गरी गाउँपालिकालाई बुझाएका थिए । ‘करिब ३ साता बित्दा समेत उक्त काठ वन कार्यालयलाई बुझाएको छैन,’ जिल्ला वन अधिकृत ईमानाथ पौडेलले भने । काठ तस्करीको मुद्दा स्थानीय निकायले हेर्न नपाउने प्रावधान भए पनि गाँउपालिका प्रमुख सिलवालले काठ नियन्त्रणमा लिएर राखेको वन कार्यालयको भनाई छ ।

बरामद काठ जिल्ला कार्यालयमा बुझाउन पत्रचार मार्फत ताकेता गरे पनि गाउँपालिकाले कुनै जवाफ नदिएको वन कार्यालयले जनाएको छ ।

काठतस्करीमा संलग्न भनिएका सिद्धलेख–३ कमलाबारीमा फर्निचर उद्योग सञ्चालन गरेका निरकमल थापा फरार छन् । सरकारवादी मुद्दालाई गाउँपालिकाले वन कार्यालयलाई नबुझाएपछि तस्कर फरार भएको जिल्ला वन कार्यालय धादिङको आरोप छ । तस्करहरुले ना १ ज ५५९० नम्बरको बोलेरो जीपमा काठ तस्करी गर्दै आएका थिए ।

गाउँपालिका प्रमुख सिलवालले स्थानीय निकाय सञ्चालन ऐन अनुसार आफुले काठ नियन्त्रणमा लिएको दाबी गरेका छन् । ‘मैले स्थानीय निकाय सञ्चालन ऐन अनुसार नै बरामद भएको काठ राखेको हुँ,’ उनले भने ।

प्रकाशित : वैशाख ३, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?