२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पशुपति क्षेत्र पुनर्निर्माण हुँदै

काठमाडौँ — विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका दुई दर्जन बढी संरचना पुनर्निर्माण भइरहेका छन् । भूकम्पले क्षति पुगेका सम्पदाको भग्नावशेष हटाउने, मर्मतसम्भार गर्ने, पुरातात्त्विक उत्खनन् गर्ने काम भइरहेको कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको बजेटले पुनर्निर्माण भइरहेको छ ।

पशुपति क्षेत्र पुनर्निर्माण हुँदै

आर्थिक वर्ष ०७३/०७४ बाट सुरु भएको पुनर्निर्माणअन्तर्गत हाल २७ पूर्वाधारका निर्माण कार्य भइरहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत गत वर्ष २५ करोड प्राप्त भएकोमा ३ करोड रुपैयाँ खर्च भएको छ । चालू आवमा २० करोड ७५ लाख थप विनियोजन भएको छ । मन्त्रालयबाट चालू आवका लागि करिब साढे ४४ करोड प्राप्त भएको छ ।

कोषका अनुसार भूकम्पमा परेर ५० भन्दा बढी सत्तल, पाटीपौवा, मन्दिरलगायत संरचना ध्वस्त बनेका थिए । हालसम्म लालगणेश मन्दिर र भट्टनिवासको पुनर्निर्माण भएको छ । स्मारक भत्काउँदाका जोखिमपूर्ण संरचना हटाउने कार्य भइसकेको छ । अन्य पूर्वाधार बहुवर्षीय कार्यक्रमअन्तर्गत क्रमश: सम्पन्न गर्दै जाने कोषले जनाएको छ ।

पूर्वाधार ५ वर्षभित्रमा पुनर्निर्माण गर्नुपर्ने सरकारले घोषणा गरेको छ । गुहयेश्वरी मन्दिर प्रांगण र धर्मशाला, भुवनेश्वरीदेखि दक्षिण ढोकासम्म ढल, बाटो निर्माण, इँटापाखामा प्रस्तर फलक छाप्ने, वनकालीमा उद्यान विकास र भष्मेश्वर सत्तल जीर्णोद्वार भइरहेका छन् । पशुपतिनाथको भान्सा पुनर्निर्माण, भण्डारखाल बगैंचाको घेरा पर्खाल पुनर्निर्माण कार्य भइरहेका छन् ।

प्रकाशित : वैशाख ४, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?