कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

करेन्ट लागेर एकको मृत्यु, ६ घाइते 

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्गस्थित थाक्रे–११ महेशखोलामा खानेपानी योजनाको काम गर्ने मजदुरहरुलाई करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । 

करेन्ट लागेर एकको मृत्यु, ६ घाइते 

मंगलबार बिहान ११ वजे झापा ममै ८ का ६४ वर्षीय निकी तामाङको उपचारका लागि लैजादा मृत्यु भएको हो । घाइते ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


घाइतेहरुमा थाक्रे–६ का ३७ वर्षीय धनवहादुर कार्की र उनका १६ वर्षीय छोरा निरज कार्की, थाक्रेकै २० वर्षीय गोपी कुलु, ४० वर्षीय सुरेश कुलु, ३५ वर्षीय माइली तामाङ्ग र गौतम तामाङ्ग रहेका छन् । घाइतेहरुको राजधानीस्थित ट्रमा सेन्टरमा उपचार भैरहेकोछ ।


महेशखोलाको पारिबाट बोरिङ गरी महादेववेसी बजारतर्फ पानी ल्याउने पाइप झुण्ड्याउने क्रममा आल्मुनियमको तारले बिजुलीको ११ हजार भोल्टेज तारमा छुदाँ करेन्ट लागेको अध्ययनमा खुलेको खानीखोलास्थित प्रहरी निरीक्षक जीवन निरौलाले बताए ।

प्रकाशित : वैशाख ४, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?