कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कारागारमा तालाबन्दी गर्दै कैदीबन्दी आन्दोलित

गोरखा — नाइके र सहनाइकेले शोषण र भेदभाव गरेको भन्दै गोरखा कारागारका पुरुष कैदीबन्दी आन्दोलित भएका छन् । १२ वुँदे माग राख्दै मंगलबार बिहान प्रवेशद्घारको भित्री गेटमा ताल्चा लगाएर उनीहरु आन्दोलित बनेका हुन् ।

कारागारमा तालाबन्दी गर्दै कैदीबन्दी आन्दोलित

‘नाइकेहरुलाई बाहिर निक्लन दिँदैनौँ भनेर कैदीबन्दीले प्रवेशद्वारको भित्री गेटमा ताल्चा लगाएका छन्,’ कारागारका प्रशासन शाखा प्रमुख शसिधर सुवेदीले भने ।

नाइके र सहनाइकेले कारागारमा बस्न र कैद भुक्तानी गर्न असहज वातावरण बनाएको उनीहरुको आरोप छ । कारागारका कामदारले प्रयोग गर्ने औजार र सरसमानबाट पैसा असुल्ने गरेको, खेलकुद सामान प्रयोग गरे वापत पैसा उठाउने, चौकिदार र वजार नाइकले मादक पदार्थ सेवन गरि डर त्रास दिने गरेको उनीहरुको आरोप छ ।

त्यस्तै भेटघाट गर्न आउने आफन्तलाई जिस्काउने, टेलिफोन प्रयोग गर्दा अन्य बन्दीले प्रतिमिनेट ४ रुपैयाँ तिरेपनि नाइके र सहनाइकेले रिचार्ज अनुसारको तिर्ने गरेको लगायत १२ बुँदे माग राखेका छन् ।

कारागारमा १ चौकिदार, ४ नाइके र ८ सहनाइके छन् । उनीहरुको मागको विषयमा छलफल गर्न जिल्ला प्रशासनका अधिकृत गौतम भण्डारी र प्रहरी निरिक्षक मोहनमान श्रेष्ठ कारागार पुगेका छन् ।

आन्दोलित वन्दिहरुले भने कारागार भित्रै आफुहरु वार्तामा वस्ने अडान राखेका छन् । कारागारमा ७३ कैदी र २७ थुनुवा रहेका छन् ।

प्रकाशित : वैशाख ११, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?