१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘भाषा नजोगाए राष्ट्रियता कमजोर’

हेटौंडा — मुख्यमन्त्री डोरमणि पौडेलले भाषा र संस्कृति संरक्षण गर्न नसके राष्ट्रियता नै कमजोर हुने बताएका छन् । सरकारले भाषाको महत्त्व बुझेका कारण नै भाषा आयोग गठन गरिएको उनको भनाइ छ ।

‘भाषा नजोगाए राष्ट्रियता कमजोर’

भाषा आयोगद्वारा बुधबार हेटौंडामा आयोजित प्रदेश ३ को प्रादेशिक भाषा गोष्ठीको उद्घाटन गर्दै पौडेलले भाषा र संस्कृति गम्भीर एवं संवेदनशील विषय भएकाले आयोगले हतारमा काम गर्न नहुने बताए । ‘मुलुकका सबै भाषा राष्ट्रका भाषा हुन्, तिनको संरक्षण र विकास गर्न जरुरी छ,’ उनले भने । कुनै पनि समुदायको भाषा र संस्कृति मासिए समुदाय पनि लोप भएर जाने उनले बताए ।

२०६८ को जनगणनाअनुसारमा मुलुकमा १ सय २३ भाषा छन् । तीमध्ये केही लोप हुने अवस्थामा पुगिसकेका छन् । कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले आयातीत भाषाले मुलुकको विकासलाई अन्योलमा पार्ने बताए ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?