१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जनप्रतिनिधिलाई प्रशिक्षण

नुवाकोट — स्थानीय निकायका जनप्रतिनिधिलाई आफूले बनाउने कानुन तथा अधिकारबारे प्रशिक्षण दिइएको छ ।

जनप्रतिनिधिलाई प्रशिक्षण

राज्य पुन:संरचना आयोगका पूर्वअध्यक्ष बालानन्द शर्मा पौडेलले ‘स्थानीय सरकारको अधिकार र राज्य शक्तिको बाँडफाँटबारे कार्यकारिणी, विधायिकी र न्यायिक अधिकार’ बारे उनीहरूलाई प्रशिक्षण दिए । मौलिक हक, कार्ययोजना, राज्यनिर्देशक सिद्धान्त, अधुरा योजनालाई प्राथमिकता र बजेटको समुचित प्रयोग गरेर जानुपर्ने उनको जोड छ ।

पौडेलले समय, गुणस्तर, लागत र परिणाममा स्थानीय जनप्रतिनिधिले दूरगामी लक्ष्यका साथ काम गर्नुपर्ने बताए । त्यसैगरी, पदाधिकारीलाई सहकार्य, सहअस्तित्व र समन्वयकारी सिद्धान्तका आधारमा कार्य गर्न स्ववतन्त्र पत्रकार जगन्नाथ लामिछानेले प्रशिक्षण दिए ।

उनले स्थानीय तहले कानुन निर्माण गर्दा संविधानको अनुसूची ८ र ९ सँग नबाझिने गरी बनाउनुपर्नेमा जोड दिए । प्रशिक्षणमा प्रदेश सांसद केशव पाण्डेले बेलकोटगढी नगरपालिकाभित्र गर्न सकिने समृद्धि र सुशासन, शिक्षा, स्वास्थ्य, वातावरण लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?