कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

३ दर्जन वनस्पति संकटमा

प्रताप विष्ट

हेटौंडा — मकवानपुरका फूल फुल्ने वनस्पतिमध्ये ३५ भन्दाबढी प्रजातिका वनस्पति संकटासन्न अवस्थामा पुगेका छन् । वनस्पतिको संरक्षण गर्नुको साटो चोरीनिकासी गरिने भएकाले लोप हुने अवस्थामा पुगेका हुन् । जिल्लामा ३५ भन्दाबढी प्रजातिका वनस्पति संकटमा रहेका कार्यालय प्रमुख एवं वनस्पति विज्ञ नरहरि चापागार्इंले बताए ।

३ दर्जन वनस्पति संकटमा

उनले संकटासन्न वनस्पतिको खोजी गरी संरक्षणका लागि उद्यानमा राख्ने गरेको बताए । मकवानपुरमा खयर, कुरिलो, पाषणभेद, पलास, सिप्लिगान, जगर, पाँचऔंले, सतिसाल, वन तरुल, चॉप, रुद्राक्ष, मजिठो, पिपला लगायतका वनस्पति संकटमा रहको वनस्पति कार्यालय मकवानपुरले जनाएको छ । नेपालमा पाइने ७ हजार फूल फुल्ने वनस्पतिमध्ये मकवानपुरमा ७० प्रतिशत वनस्पति पाइन्छ ।


वनस्पति विभागले हालसम्म नेपालमा ६ हजार ३ सय ६० वटा फुल्ने बिरुवाको पहिचान गरिसकेको छ । मकवानपुरमा हालसम्म ८ सय ४१ वटा फूल फुल्ने वनस्पतिको पहिचान गर्नुको साथै वनस्पति कार्यालय मकवानपुरले संरक्षण कार्य पनि गर्दै आएको छ ।


मकवानपुरमा पहिचान गरिएको वनस्पतिमध्ये ३ सय ८९ झार प्रजाति, १ सय ८९ बुटयान प्रजाति १ सय ९१ रुख प्रजाति र ७२ लहरे प्रजातिको रहेका छन् । ‘मुलुकमा पाइने फूल फुल्ने वनस्पतिमध्ये ७० प्रतिशत वनस्पति मकवानपुरमा नै पाइन्छन्,’ वनस्पति कार्यालय मकवानपुरका प्रमुख चापागाईंले भने, ‘फूल फुल्ने वनस्पतिको पहिचान र संरक्षण कार्यलाई जोड दिएका छौँ ।’ मकवानपुर जिल्ला प्राकृतिक रूपले तराईको माथिल्लो भाग, चुरे क्षेत्र, भित्री मधेस र महाभारत पर्वतको क्षेत्रमा पर्ने हुनाले प्राकृतिक वनस्पतिको स्रोतमा धनी रहेको छ । ‘यहाँ पाइने वनस्पतिहरूमध्ये १ सय ८० भन्दाबढी प्रजातिका जडीबुटीहरू मकवानपुरका जंगलमा पाइन्छन्,’ कार्यालय प्रमुख चापागाईंले भने, ‘स्थानीयवासीले जडीबुटी खेती तथा संकलन गरेर आय आर्जन गर्दै आएका छन् ।’

जिल्लाको भौगोलिक बनोट फरक खालको भएकाले यहाँका जडीबुटी र वनस्पतिहरूको संरक्षण गर्ने उद्देश्यले सरकारले २०१९ सालमा हेटौंडाको पदमपोखरीस्थित वृन्दावनमा जडीबुटी उद्यान स्थापना गरेको थियो । विगतमा उजाड बनिसकेको उद्यान अहिले विभिन्न प्रजातिका जडीबुटीले भरिभराउ छन । जिल्लाका वनस्पतिहरूको अध्ययन, अनुसन्धान र संरक्षण गर्ने उद्देश्यले २०२२ सालमा दामन र टिस्टुङमा वनस्पति उद्यान स्थापना गरिएको छ ।


वनस्पति कार्यालयले जिल्लाका ३ वनस्पति उद्यानहरूमा वनस्पतिको जर्मप्लाज्म (लिभिङ जिन) संरक्षण गरेर राख्नुको साथै वनस्पतिहरूको स्रोत संरक्षण, पहिचान र भिलेखीकरण गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?