कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सुन तस्करी अाराेपमा ल्हासा कारागारमा दुई नेपाली

रासस

रसुवा — सुन बोकेको अभियोगमा रसुवाका दुई युवा एक महिनादेखि चीनको ल्हासा कारागारमा छन् । 

सुन तस्करी अाराेपमा ल्हासा कारागारमा दुई नेपाली

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा चिनियाँ कारागारमा छन् ।


उनीहरुलाई करीब एक महिनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासामा हिरासतमा राखेका थिए । पक्राउ परेको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको सिलवालले बताए ।


यस्तै नेपालमा अवैध सुन भित्रिएको विगतका घटनालाई ध्यानमा राखेर यस्ता गैरकानूनी क्रियाकलाप बन्द गरिदिन सीमा बैठकमा राखेका प्रस्ताव चिनियाँ पक्षले कार्यान्वयन गर्न थाले पछि गैरकानूनी काम अन्त्य गर्न सहयोग पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?