तिब्बतीयन नागरिक सहित एक नेपाली पक्राउ

बलराम घिमिरे

रसुवा — अवैध बाटो हुँदै चीनको केरुङ पुगेका तिब्बतीयन नागरिक सहित एक नेपाली पक्राउ परेका छन् ।

तिब्बतीयन नागरिक सहित एक नेपाली पक्राउ

पक्राउ पर्नेमा १८ वर्षीय तिब्बतीयन नागरिक फुर्पु छिरिङ र रसुवा जिल्ला चिलिमे घर भएका ४२ वर्षीय पुलिस तामाङ रहेका छन् ।


जिल्लाको थुमनबाट मालागढी हुँदै उनीहरु जेठ २ गते केरुङ पुगेका थिए । गत हप्ता चिनियाँ प्रहरीले उनीहरलाई केरुङमा पक्राउ गरेको थियो ।


चीनको केरुङमा पक्राउ परेका दुवै जनालाई चिनियाँ प्रहरीले शुक्रबार नेपाल प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए ।

अध्यागमन कार्यालयले जिम्मा नलिएपछि चिनियाँ प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको हो ।


भारतको हिमाञ्चल प्रदेशको मण्डी धर्मशालामा बस्दै आएका छिरिङ उनकी बिरामी आमा भेट्न ल्हासा जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


पक्राउ परेका तिब्बतीयन नागरिकको आफन्त खोज्ने काम भइरहेको सिलवालले बताए । ‘हामीले आफन्तको खोजी गरिरहेका छौँ ’ उनले भने, ‘ आफन्त सम्पर्कमा आएपछि जिम्मा लगाउने छौँ । ’

प्रकाशित : जेष्ठ १२, २०७५ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?