कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समिति सभापति–सभामुख बैठक, ‘सरकारले सहयोग गरेन’

हेटौंडा — प्रदेशसभा ३ का विषयगत समितिका सभापतिले सरकारले पर्याप्त सहयोग नगर्दा प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका छन् ।

समिति सभापति–सभामुख बैठक, ‘सरकारले सहयोग गरेन’

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सचिवालयमा आह्वान गरेको बैठकमा सहभागी ५ विषयगत समितिका सभापतिले सरकारले समितिको व्यवस्थापनमा ध्यान नदिएकाले काम गर्न नसकेको आरोप लगाए । ‘समिति भनेको मिनी संसद् हो तर स्रोत र साधन नहुँदा काम गर्न पाएको छैन,’ उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरले भनिन्, ‘सरकारले बिजनेस नदिँदा समिति र सभासमेतले प्रभावकारी काम गर्न नसकेको कुरा उठ्यो ।’

सभापतिहरूले समितिमा दक्ष कर्मचारीलगायत कार्यालय व्यवस्थापनसमेत हुन नसक्दा समस्या भएको अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले जनाए । शनिबारको बैठकमा सभापतिहरूले गाडी, इन्धन सुविधा नहुँदा समितिलाई काम गर्न कठिनाइ भइरहेको भन्दै सरकारका तर्फबाट बेवास्ता भएको आरोप लगाए । ‘सभापति यताउता गइरहनुपर्छ, तर अझै गाडी उपलब्ध गराउन सरकारले चासो दिएको छैन,’ सभापति आलेमगरले भनिन्, ‘समितिको कार्यालय सञ्चालन गर्न न्यूनतम व्यवस्थापनसमेत नभएकाले कार्यक्रमसमेत गर्न सकेका छैनौं ।’

प्रदेशसभामा चैत १५ मा ५ विषयगत समिति गठन भएका थिए । प्रदेश मामिला, अर्थ तथा विकास, उद्योग, पर्यटन तथा वातावरण, स्वास्थ्य तथा कृषि र सार्वजनिक लेखा समिति गठन भएका थिए । समितिको सचिवका रूपमा अधिकृत तहको कर्मचारी आवश्यक भए पनि अहिले सचिवालयकै कर्मचारीले काम चलाइएको छ ।

शनिबारको बैठकमा सभापतिहरूले समितिले हालसम्म सम्पादन गरेका कामहरूबारे सभामुखलाई जानकारी गराएका थिए । आर्थिक वर्ष २०७५/०७६ का लागि समितिका लागि प्रस्तावित बजेटसमेत अपर्याप्त भएको भन्दै सभापतिहरूले सभामुखको ध्यानाकर्षणसमेत गराएका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?