कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गोदावरी र बडिखेल बर्डफ्लु संकटग्रस्त क्षेत्र

ललितपुर — गोदावरी र बडिखेल क्षेत्रका कृषकले पालेको कमर्सियल ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएको छ । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र पशु सेवा कार्यालय ललितपुरबाट खटिएका संयुक्त ३० जनाको टोलीले कुखुरा र हाँस गरेर ४ हजार ४ सय ८५ वटा नष्ट गरेको छ ।

गोदावरी र बडिखेल बर्डफ्लु संकटग्रस्त क्षेत्र

टोलीले बडिखेलमा ९ सय २० र गोदावरी महादेव डाँडामा ३ हजार ४ सय ४४, स्थानीय कुखुर ७५ र ४१ वटा नष्ट गरेका हुन् । महादेव डाँडामा ५ वटा हाँस र दुवै क्षेत्रमा गरेर १ हजार ९ सय ७२ केजी दाना पनि नष्ट गरेको छ । सर्वसाधारणलाई प्रवेश निषेध बर्डफ्लु क्षेत्रमा शनिबार खुल्ला गरिएको छ ।

बर्डफ्लु एच५एन१ नामक भाइरसबाट लाग्ने सरुवा रोग हो । यो भाइरस हाँसमा सुसुप्त अवस्थामा हुन्छ । जिल्ला पशु सेवा कार्यालय प्रमुख डाक्टर मोगलप्रसाद साह भन्छन्, ‘हाँसबाट कुखुरा वा पन्छीमा सरेपछि लक्षण देखा पर्छ । पन्छीसँगको सम्र्पकमा आउनाले व्यक्तिमा समेत सर्न सक्छ ।’ उनले महामारीसमेत फैलन सक्ने खतरा रहेकाले समयमा भाइरस नष्ट गरिएको बताए । ‘कुखुराको खोरको भुससँग सम्पर्कमा आउनाले र ओसारप्रसार गर्नाले पनि सर्छ,’ उनले भने, ‘सावधानी नअपनाएमा ज्यानै जाने खतरा छ ।’

यो रोग व्यक्तिमा लागेमा फोक्सोमा संक्रमण हुने, ज्वरो, वाकवाकी लाग्नेजस्ता लक्षण देखा पर्छन् । अन्तमा श्वासप्रश्वासमा कठिनाइ भई मृत्यु हुनेसमेत सम्भावना रहेको डाक्टर साह बताउँछन् । उनले व्यक्तिको रोगप्रतिरोधात्मक क्षमताअनुसार रोग लागेको २/३ दिनमा लक्षण देखा पर्ने बताए । पशु कार्यालयका अनुसार रोग लागेको फर्मका कृषकले ७५ प्रतिशत क्षतिपूर्ति पाउँछ । गोदावरीका स्थानीय कृषक विश्वम्भर सिलवालले सरकारले शतप्रतिशत क्षतिपूर्ति दिने व्यवस्था मिलाउनु पर्ने बताए । ‘क्षतिपूर्ति पाउन पनि कष्ट भोग्नुपर्ने होला,’ उनले भने । अर्का कृषक अनु थापाले रोग लागेको प्रमाणित भइसकेपछि जानकारी नगराएको बताइन् । ‘जानकारी भएमा सावधान अपनाउन पाउँथे,’ उनले भनिन् ।

बर्डफ्लु नियन्त्रण आदेश, २०६४ अनुसार यो रोग लागेमा नियन्त्रण गर्न मन्त्रीस्तरको निर्णय गरेर निर्देशन दिने गर्छ । गोदावरीमा पूर्वमा गोदावरी जाने नयाँ बाटो, पश्चिममा ललित घुम्ती सडक, उत्तरमा चुनदेवी मन्दिर र दक्षिणमा एउटा स्कुल हातासम्मको बर्डफ्लु संकटग्रस्त क्षेत्र तोकेको थियो । बडिखेलमा पूर्वमा डेलेको डिल, पश्चिममा लेले जनो बाटो, उत्तरमा हाबे जाने बाटो र दक्षिणमा ब्लब फयाक्ट्रीसम्मको चार किल्ला तोकेको थियो ।

पशु सेवा कार्यालय ललितपुरका अधिकृत डाक्टर अर्जुन पण्डित भन्छन्, ‘नागरिकताको फोटोकपी राखेर निवेदन दिएमा २ साताभित्रमा क्षतिपूर्ति पाइन्छ ।’ उनले धेरै कुखुरा मर्ने फर्ममा नियमित निरीक्षण भइरहेको बताए । ‘शंका लागेको ठाउँको नमुना संकलन गरेर २/३ पटक ल्याब परीक्षण गर्छौं । पुष्टि भएमा नष्ट गर्न सिफारिस गर्छौं,’ उनले भने, ‘खोरमा प्रवेश गर्नुअघि छुट्टै पोसाक, जुत्ता, पन्जा, माक्स लगाउनुपर्छ । खोर वरिपरि चुना छकर्ने, कुखुराको प्रत्यक्ष सम्पर्कमा आएपछि साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ ।’ सुरक्षा गर्न महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट १५ जनाको प्रहरीटोली परिचालित थिए । विश्वभरिमा बर्डफ्लुले २ सय ६३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?