दोलखामा ३३ निर्माण कम्पनी कारबाहीको सूचीमा

दोलखा — दोलखाभित्र तोकिएको सयममा काम नसक्ने ३३ वटा निर्माण कम्पनी कारबाहीको सूचीमा परेका छन् ।

दोलखामा ३३ निर्माण कम्पनी कारबाहीको सूचीमा

जिल्लाका विभिन्न कार्यालयबाट माग गरी जिल्ला प्रशासनले गृह मन्त्रालयमा पठाएको सूचीमा ३३ वटा निर्माण कम्पनीहरु परेका हुन् । तोकिएको म्याद गजार्दै आएको २२ वटा ठेक्काको साझेदार कम्पनीहरु सूचीमा परेका छन् । २०६८ सालदेखि हालसम्म ठेक्का लिएर काम नसक्ने कम्पनी र निर्माण व्यवसायीहरुको सूची पठाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।


दोलखाभित्रका ठेक्काहरुमा समयमा काम नसकी लापरबाही गर्ने कम्पनीका जिम्मेवार व्यक्तिहरुको विवरणसमेत तयार भैरहेको र जतिबेला पनि कारबाही गर्न सकिने पनि उनले बताए ।


जसमध्ये धेरैजसोमा जिल्लावासी निर्माण व्यवसायीले साझेदार कम्पनीको रुपमा काम लिएको देखिन्छ । लामो समयदेखि पुल र सडकसम्बन्धी कार्यमा ढिलासुस्ती गरेको सूचीबाट खुल्छ ।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कमल शाहले आफ्नो कार्यालय अन्तर्गत पुल र सडकसम्बन्धी छ वटा ठेक्कामा भएको ढिलासुस्तीको विवरण पठाइएको बताए । उक्त कार्यालयले मुढे–मेलुङ सडकको भने ठेक्का तोड्ने गरी प्रकृया अघि बढाइएको छ ।



प्रकाशित : जेष्ठ २७, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?