कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

छुरा प्रहार गरी छोराको हत्या

भक्तपुर — भक्तपुरमा एक व्यक्तिले छुरा प्रहार गरी छोराको हत्या गरेको छ । 

छुरा प्रहार गरी छोराको हत्या

चाँगुनारायण नगरपालिका–५ खरिपाटी घरभई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३५ वर्षीय पलमान गिरीले आइतबार आफ्नै छोरा १२ वर्षीय प्रतिक गिरीलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


छुरी प्रहारबाट सख्त घाइते प्रतिकको उपचारको क्रममा केएमसी अस्पताल सिनामङ्गलमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए । मृत्तकको बाबु पलमान गिरीलाई प्रक्राउ गरी महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २७, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?