कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सडक अतिक्रमण गरी बनेका संरचना हटाइयो 

भक्तपुर — सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन सुरू गरेको छ । 

सडक अतिक्रमण गरी बनेका संरचना हटाइयो 

सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामेश्वर ध्वजु र ८ वडाका वडाध्यक्ष किरण थापाको सक्रियतामा सुर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्मको करिब डेढ किलोमिटर सडक अतिक्रमण गरी बनाइएका संरचना आइतबारबाट हटाउन सुरू भएको हो ।


साँघुरो सडक, सडक पेटीमा राखेका असरल्ल पसल, अव्यवस्थित पार्किङको व्यवस्थापनका लागि सडक अतिक्रमण गरी बनाइएका पेटी, भर्‍याङ, पर्खाल, टहरा हटाउन सुरू गरेको ८ नम्बर वडाका वडाध्यक्ष किरण थापाले बताए । अतिक्रमित संरचना हटाएर सडक फराकिलो बनाउने समेत उनले बताए । सडक अतिक्रमण गरी बनेका संरचना हटाउन नगरपालिकाले एक महिना नै सुचना सार्वजनिक गरेको जनाएको छ । हाललाई मापदण्डमा परेको घरहरू नभत्काउने तर पेटी तिन फिट बाँकि राखी अन्य संरचना हटाएको थापाले बताए ।


स्थानीयको हस्ताक्षर गराउँदै दुवै वडाध्यक्षको रहोवरमा डोजर लगाएर संरचना हटाउन सुरू गरेको छ । हाललाई सडकको दायाँबायाँ ग्राभेल गर्ने र नयाँ आर्थिक वर्षसँगै सडक विस्तार थालिने ६ नम्बर वडाका वडाध्यक्ष रामेश्वर ध्वजुले बताए । ७ मिटर सडकलाई विस्तार गरी फुटपाथ सहित १४ मिटर फराकिलो गर्न सडक विस्तार आयोजनाले डीपीआर गरिसकेको उनले बताए ।


प्रकाशित : जेष्ठ २७, २०७५ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?