कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीप दुर्घटनामा दुईको मृत्यु, ८ जना घाइते

दोलखा — विगु गाँउपालिका—४ लादुकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिंगटी बजारबाट लादुकतर्फ गइरहेको बा १४ च १६८१ नम्बरको बोलेरो आइतबार राति दुर्घटना हुँदा लादुकका ५० वर्षीय टिकाबहादुर कार्की र ४५ वर्षीया ईश्वरी थापाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा दुईको मृत्यु, ८ जना घाइते

दुर्घटनामा चालकसहित ८ जना घाइते छन् । घाइते भएका चालक दिपक नेपालीका अनुसार बढि भार मोड नपुगेकाले दुर्घटना भएको बताएका छन् ।


जिल्ला प्रहरी प्रमुख डीएसपी वासुदेव पाठककाअनुसार घाइतेहरुमा चालक दिपक नेपाली, गुरु नेपाली, हिमालु नेपाली, स्वस्थानी खत्री, शान्त सुवेदी, पर्शुराम खत्री, बाबुुराम खत्री अमृतबहादुर थापा छन् ।

प्रकाशित : जेष्ठ २८, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?