१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बाढीले खानेपानी योजना बगाएपछि समस्या

टीकाप्रसाद भट्ट

रामेछाप — बाढीले खानेपानी योजना बगाउँदा रामेछापको बाबियाखर्कका २५ परिवारले पानीको संकट व्यहोर्नु परेको छ । खानेपानी जुटाउन वितिटार र आरुबोटे क्षेत्रका बासिन्दालाई सोमबारदेखि कठिनाइ भोग्नु परको छ ।

बाढीले खानेपानी योजना बगाएपछि समस्या

आइतबार साँझ परेको मुसलधारे वर्षा सँगै सिम्लेखोलामा आएको बाढीले सानाबारी वितिटार खानेपानीको संरचनाब गाएको थियो । इन्टेक र पाइप लाईन क्षतविच्छेद भएकोले स्थानीयले पानीको सास्ती भोग्नु परेको हो ।


स्थानीय बद्री नयाँघरेका अनुसार दुईदशक यताकै सबैभन्दा धेरै गतिमा खोला उर्लिएकाले खानेपानी संरचनामा क्षति पुर्‍याएको हो ।


योजनामा पुगेको क्षतिको जानकारी डिभिजन खानेपानी कार्यालयलाइ गराइसकेको उनले बताए । गएको वर्ष मात्र योजनाको काम पुरा भएको थियो ।


आइतबार परेको वर्षाले बाबियाखर्क क्षेत्रमा कृषिबालीलाई समेत नोक्शान पुर्‍याएको छ । धेरै जमिन बाढीले चिरा पारेर बगाएको छ । मुसलधारे वर्षापछि सुकाजोर खोलामा समेत बाढी आएको थियो ।

प्रकाशित : जेष्ठ २८, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?