कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लामाटारबाट बुढानिलकण्ठसम्म बस सुरू

काठमाडौँ — महालक्ष्मी नगरपालिका– ९ लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा सञ्चालनमा आएको छ । ‘हामी सबैको यातायात’ ले बस सञ्चालनमा ल्याएको हो । 

लामाटारबाट बुढानिलकण्ठसम्म बस सुरू

ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवाललगायतले संयुक्त रुपमा बस सेवाको शुभारम्भ गरे ।


२७ सिटको टाटा कम्पनीको १३ वटा बसले सोमबारबाट पाटीचौर, धाराचौर, शंखादेवी, बिष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगञ्ज हुँदै बुढानिलकण्ठसम्म र फर्केर इमाडोलबाट आई टिकाथली, चाङ्गथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर निस्कनेगरी दायाँ र बाँया दुईतर्फी सवारी सञ्चालनमा ल्याएका छन् ।


उदघाटनमा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यातायात सेवाको विकासका लागि आवश्यक सडक निर्माणमा आफू लागेको बताए । उनले नगरपालिकालाई अन्य नगरपालिकाहरूसँग जोड्ने गरी यातायात सञ्चालनमा ल्याउन चाहनेलाई प्रोत्साहित गरिने उल्लेख गरे ।

प्रकाशित : जेष्ठ २९, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?