कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आयोगका उपाध्यक्ष डा. देवकोटाद्वारा पदभार ग्रहण

प्रताप विष्ट

हेटौडा — प्रदेश-३ को  नीति तथा योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका डा. खिमलाल देवकोटाले बुधबार पदभार ग्रहण गरेका छन्  । 

आयोगका उपाध्यक्ष डा. देवकोटाद्वारा पदभार ग्रहण

प्रदेश—३ का मुख्यमन्त्री डोरमणि पौडेलले डा. देवकोटा र आयोगका सदस्य श्यामकुमार बस्नेतलाई बुधवार एक समारोहबीच पद तथा गोपनियताको सपथ ग्रहण गराए । आयोगको सदस्य बस्नेतले पनि पदभार ग्रहण गरेका छन् ।


प्रदेशको मन्त्रीपरिषद बैठकले मंगलबार आयोगको उपाध्यक्षमा डा. देवकोटालाई र सदस्यमा बस्नेतलाई नियुक्त गरेको थियो ।


पदभार ग्रहण गरेपछि डा. देवकोटाले प्रदेशप्रति बफादार भएर काम गर्ने बताए । 'प्रदेश सरकार अहिले वामे सर्ने क्रममा छ, अब एक वर्ष भित्रमा देखिने काम हुन्छ', उनले भने ।


शपथ ग्रहण कार्यक्रममा प्रदेश—३ का मुख्य सचिव रेश्मीराज पाण्डे, मुख्य न्याधिवक्ता सूर्यचन्द्र न्यौपाने, सचिवद्वय इन्दिरा दाहाल भट्टराई र रमेश शिवाकोटी लगायतका उपस्थिती थियो ।


विकास अर्थशास्त्रमा विधावारिधि गरेका डा. देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् । आयोगका सदस्य बस्नेत प्राकृतिक सम्पदा विज्ञ हुन् ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?