ट्यांकर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु 

हरिहरसिंह राठौर

धादिङ — गल्छीबाट काठमाडौं जादैं गरेको ना७ख ५१९८ नम्बरको ट्यांकर र बा४८प ७८९० नम्बरको मोटरसाइकल ठाेक्किँदा एक महिलाको मृत्यु भएको छ । 

ट्यांकर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु 

शनिबार त्रिभुवन राजपथको कानाकोटमा ट्यांकर र मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा सवार गजुरी–६ की २८ वर्षीया सविना भण्डारीको मृत्यु भएको खानिखोला चौकीका निरीक्षक उद्धव पोखरेलले बताए ।

दुर्घटनामा माेटरसाइकल चालक सरोज सुवेदी घाइते भएका छन् । ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार ३, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?