कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट कार्यान्वयन योजना बनाइने

हेटौंडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले प्रस्तुत बजेट कार्यान्वयन गर्न ३ साताभित्र कार्ययोजना बनाउन प्रदेश मन्त्री एवं सचिवलाई निर्देशन दिएका छन् ।

बजेट कार्यान्वयन योजना बनाइने

प्रदेशको ३ को नीति तथा योजना आयोगको सोमबार बसेको पहिलो बैठकलाई मुख्यमन्त्री एवं नीति तथा योजना आयोगका अध्यक्षसमेत रहेका पौडेलले सबैखाले तथ्यांक संकलन गरेर कार्य योजना बनाउनुपर्ने बताए ।

‘नीति र कार्यक्रमको आधारमा बजेट प्रस्तुत गरिएकाले त्यसकै आधारमा कार्ययोजना बनाएर कार्यान्वयनको पाटोमा खरो ढंंगले उत्रनुपर्छ,’ उनले भने । बजेट कार्यान्वयन गर्न जनशक्ति र कानुनको अभाव छ यसलाई परिपूर्ति गर्दै अगाडि बढ्नु प्रदेश सरकारको एक मात्र विकल्प रहेको आंैल्याए । प्रदेश ३ को नीति तथा योजना आयोगले संघीय सरकार, दातृ संस्थालगायतसँग छलफल गर्ने र बजेटलाई कार्यान्वयन गर्न सरोकारवाला सबैको सहयोग आवश्यक पर्ने उनले बताए ।

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले योजना आयोगले बजेटलाई कार्यान्वयन र गराउन एवं योजनाहरू प्राथमिकरण गरेर अगाडि बढ्ने बताए ।

आयोगको पहिलो बैठकमा आन्तरिक तथा कानुन, आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्री, प्रदेशमा मुख्य सचिव, सचिव र आयोगका सदस्यहरूको सहभागिता थियो ।

प्रकाशित : असार ५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?