१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नदीमा डुबेर सल्यानका दुईको मृत्यु, एक घाइते

कृष्ण थापा

नुवाकोट — तादी गाउँपालिका-४ सातबिसेमा नदीमा नुहाउने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सल्यान खप्टेश्वरी गाउँपालिका-२ का २४ वर्षीय डिल्ली विक र २० वर्षीय डोना विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि रेग्मीले बताए ।

नदीमा डुबेर सल्यानका दुईको मृत्यु, एक घाइते

अर्का घाइते सोही ठाउँका २४ वर्षीय तिलकबहादुर विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।


बुधबार दिउँसो साढे एक बजे उनीहरुलाई डुबेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनीहरु तादी गाउँपालिका ४ सुन्दरा माविको विद्यालय भवन बनाउने काममा आएका थिए ।


घटनास्थल सदरमुकाम विदुरबाट करिब ३० किलोमिटर दूरीमा पर्छ ।

प्रकाशित : असार ६, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?