३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साढे ८ हजार प्रतिष्ठानको विवरण संकलन

नुवाकोट — जिल्लामा आर्थिक क्षेत्रको विबरण संकलन कार्य सकिएको छ । ८ हजार ५ सय ४५ वटा प्रतिष्ठानको विवरण संकलन गरिएको छ । जसमा सबैभन्दा धेरै विदुर नगरपालिकामा ३ हजार ७१ प्रतिष्ठान रहेका छन् ।

साढे ८ हजार प्रतिष्ठानको विवरण संकलन

यस्तै, बेलकोटगढी नगरपालिकामा ९ सय १४, ककनी गाउँपालिकामा ६ सय १, दुप्चेश्वरमा ६ सय ५२, तादीमा ५ सय ५६, किस्पाङमा ४ सय ९, लिखुमा ५ सय ६९, पञ्चकन्यामा ३ सय ४८, तारकेश्वरमा ३ सय ७८, सूर्यगढीमा ३ सय ९८, शिवपुरीमा २ सय ५० र म्याघङ गाउँपालिकामा ३ सय ९९ प्रतिष्ठान छन् ।

गणना वैशाख पहिलो साता सुरु भई जेठ मसान्तमा सकिएको हो । पहिलोपटक प्रतिष्ठानमै पुगेर आर्थिक क्षेत्रको विवरण संकलन गरिएको तथ्यांक कार्यालय नुवाकोटका तथ्यांक अधिकृत भविश्वर घिमिरेले बताए ।

दिगो विकासको लक्ष्य हासिल गर्न तर्जुमा गरिने नीति, योजना तथा कार्यक्रमका लागि आवश्यक पर्ने आधारभूत तथ्यांकमा यो उपयोगी हुने उनले बताए । आर्थिक नीति, योजना निर्माण तथा प्रशासनिक कार्य, अध्ययन तथा अनुसन्धान, सेवा क्षेत्र, सर्वेक्षणहरूको स्याम्पलिङ फ्रेम तयार गर्न र राष्ट्रिय लेखा तथ्यांकको अभिवृद्धिका लागि पनि यो गणनाले सघाउन पुग्ने छ ।

गणनामा कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, पानी आपूर्ति, मोटरगाडी र मोटरसाइकलको मर्मतसम्भार, यातायात तथा भण्डारण, आवास तथा भोजन सेवासम्बन्धी क्रियाकलाप, सञ्चार क्षेत्र, वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापलगायत क्रियाकलाप समावेश भएको कार्यालय जनाएको छ ।

गणनाबाट प्राप्त सूचनाको गोपनीयता र सुरक्षाको सन्दर्भमा तथ्यांक ऐन २०१५ ले व्यवस्था गरेको गणना इकाईका संकलित विवरण गोप्य राखिने कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ७, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?