कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गैरकानुनी रुपमा मृगौला प्रत्यारोपण गराउने जेल चलान

भक्तपुर — नक्कली कागजात तयार गरी गैरकानुनी रुपमा मृगौला प्रत्यारोपण गराउने व्यक्तिलाई जिल्ला अदालत भक्तपुरले पुपर्क्षका लागि जेल चलान गरेको छ । 

गैरकानुनी रुपमा मृगौला प्रत्यारोपण गराउने जेल चलान

नक्कली नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणपत्रलगायतका कागजपत्र किर्ते गरी गत बैशाख १० गते सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गराउने मोरङ कानेपोखरी गाउँपालिका–१ होकलाबारी घरभई सूर्यविनायक–६ सुवर्णचोक बस्ने ५२ वर्षीय थर्कबहादुर बस्नेतलाई न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले पुर्पक्षको लागि थुनामा पठाएको हो ।

अदालतले बस्नेतको जीवन रक्षाको अधिकारलाई प्रत्याभूति गर्दै थुनामा छुट्टै राख्ने प्रबन्ध मिलाई कारागारमा रहँदा नियमित स्वास्थ्य जाँच गराउने, अस्पताल भर्ना गराउनु पर्ने अवस्थामा भर्ना गराउने, निजको आर्थिक अवस्थाले उपचार गर्न सक्ने अवस्था नभए राज्यकातर्फबाट व्यहोर्ने गरि आदेश जारी गरेको अदालतका इजलाश अधिकृत कमल महतले बताए ।

त्यस्तै, मृगौला झिकिएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–२ टुकुचाका २९ वर्षीय कुमार गिरीलाई भने साधारण तारेखमा छाडेको अदालतले जनाएको छ ।

प्रकाशित : असार ८, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?