कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिंसापीडित महिलालाई सुरक्षित आवास

हरिहरसिंह राठौर

धादिङ — हिंसा पीडित महिलाहरुका लागि जिल्ला प्रहरी परिसरमा निर्माण गरिएको आधुनिक भवन आईतबार हस्तान्तरण तथा उद्घाटन गरिएको छ । 

हिंसापीडित महिलालाई सुरक्षित आवास

एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको उक्त अढाई तले भवनको आईतबार नेपाल प्रहरीका महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रविन्द्रप्रसाद शर्माले उद्घाटन गरे । एक करोड ९४ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।


उक्त सुरक्षित आवासमा परिवारमा तत्कालै पुर्नस्थापना गर्न नसिकने र थप सुरक्षा दिनुपर्ने महिलाहरुलाई आश्रय दिईने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए ।


उक्त आवासगृहमा हिंसा पीडित महिलाहरुका लागि सुत्ने कोठा, भान्सा कोठा शौचालय लगायतका सुविधाहरु छन् । उक्त आवास गृहमा सोधपुछ कक्ष, कुरुवा कक्ष, बैठक कक्ष लगायतका १० वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् ।

प्रकाशित : असार १०, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?